कांग्रेस संस्थापन इतर पक्षको खबरदारी सभा
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संस्थापन इतर समूहले आज शनिबार खबरदारी सभा आयोजना गरेको छ। नयाँ बानेश्वरमा आयोजना गरिएको भेला नुवाकोटका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसीको अगुवाइमा आयोजना भएको हो। ।
टिकट वितरणमा ४० प्रतिशत भाग पाउनपर्ने भन्दै आयोजना गरिएको यो भेलालाई अवसर र न्यायका लागि आयोजना गरिएको नेताहरुले बताएका छन्।
भेलामा संस्थापन इतर समूहका नेता शेखर कोइराला र उनको समूहबाट पदाधिकारीहरु भने उपस्थित छैनन्।
शेखर समूहले पटकपटक भेला र बैठक गरेर सभापति शेरबहादुर देउवालाई दबाब दिंदै आएको छ। साथै आफूहरूलाई न्यायोचित व्यवहार नगरिए गठबन्धनमा समेत समस्या आउने शेखर समूहले चेतावनी दिइरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment