अभियान लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। दोस्रो बजारमा कारोबारको पहिलो दिनमा नै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो।
कम्पनीले सेयर भाउ ३१ रुपैयाँ ६० पैसाले बढेर ३ सय ४७ रुपैयाँ ६० पैसा पुगेको छ। मार्केट डेपमा कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।
आइतबार(आज) पहिलाे काराेबार सुरु गरेकाे लघुवित्तकाे स्पेशल प्रि-ओपनिङ सेसनमा प्रतिकित्ता ३ सय १६ रूपैयाँमा काराेबार भएको थियो। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिसेयर न्युनतम १०५ रूपैयाँ ३६ पैसादेखि अधिकतम ३१६ रूपैयाँ ८ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment