२३.८३ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ। आज नेप्से २३.८३ अंकले घटेर १ हजार ८१५.१३ विन्दुमा पुगेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२८ कम्पनीको ४० लाख १४ हजार ४१९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ७ करोड २४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी लक्ष्मी बैंकको भएको छ। यसको आज २६ करोड २ लाखभन्दा बढीको कारोबार भएको छ।
आइतबारको कारोबारमा १३ वटा उपसुचक घटेर राताम्मे भएको छ। आजको कारोबारमा अभियान लघुवित्त र नबिल इक्युती फण्डका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, तेह्रथुम पावर कम्पनी र कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment