निर्वाचनमा गम्भीर भएर आचारसंहिता पालना गर्ने दलहरुको प्रतिबद्धता

डिसी नेपाल
९ असोज २०७९ १७:५२
40
Shares

काठमाडौं । सरकार र राजनीतिक दलहरुले आगामी निर्वाचनमा गम्भीर भएर आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

आइतबार निर्वाचन आयोगले गरेको छलफलमा प्रधानमन्त्री शेर बहादुर देउवा लगायत बिभिन्न दलका प्रतिनिधिहरुले निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउनका लागि गम्भीर भएर आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनीहरुले निर्वाचन आचारसंहिताको प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् । छलफलका क्रममा मन्त्रीहरु आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्य क्षेत्रमा जान नपाउने व्यवस्थालाई पुर्नबिचार गर्न आग्रह गरिएको माओवादी केन्द्रका नेता लिलामणी पोखरेलेले जानकारी दिए ।

उनले दल दर्ताका लागि २५ जनामा मात्रै जान पाउने व्यवस्था र निर्वाचन सुरु हुनु भन्दा १७ दिन अघि मात्रै प्रचार गर्न पाउने व्यवस्थालाई बिचार गर्न पनि सुझाव दिएको उनले बताए । आयोगले व्यवहारिक पक्षलाई बिचार गर्ने जनाएको उनले बताए ।

त्यस्तै लोसपाका नेता केशव झाले छलफलका क्रममा प्रचार प्रसारको व्यवस्थामा सवै दलले असहमति जनाएको र व्यहारिक बनाउने बिषयमा छलफल गर्ने आश्वासन आएको जानकारी दिए ।

छलफल पछि आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले छलफलका क्रममा प्रधानमन्त्री लगायत सबै राजनीतिक दलका प्रतिनिधिहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको जानकारी दिए । उनले सवै राजनीतिक दलहरुसंग छलफल गरेर नै आचारसंहिता बनाएको भन्दै आगामी दिनमा पनि दलहरुसंग छलफल गर्दै सहजिकरण गर्ने बताए । उनले दलहरुसँगको सहमतिमा शंशोधन गर्न आवश्यक परे संशोधन गरिने धारणा राखे ।

प्रवक्ता पौडेलले निर्वाचन खर्च बुझाउनुपर्ने कानूनी व्यवस्था रहेकाले, खर्च नबुझाउनेलाई कारबाही गर्ने कानूनी व्यवस्थालाई आयोगले कार्यान्वयनमात्रै गरेको जिकिर गरे । आयोगले निर्वाचन खर्चका बारेमा पुन छलफलहरुसँग छलफल गर्ने जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.