सेयरधनीहरुलाई १० वर्षअघिको नगद लाभांश लिन छिमेक लघुवित्तको आग्रह

डिसी नेपाल
१२ असोज २०७९ १२:२६
120
Shares

काठमाडौँ। छिमेक लघुवित्तले १० वर्ष पुरानो नगद लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको छ। कतिपय सेयरधनीले आर्थिक वर्ष २०६९/७० देखि आर्थिक वर्ष २०७७/७८ सम्मको नगद लाभांश लिन नआएपछि कम्पनीले सूचना जारी गरेरै लिन बोलाएको हो।

यसको लागि लघुवित्तको प्रधान कार्यालय मध्यबानेश्वर, काठमाडौंमा सम्पर्क गरेर नगद लाभांश बुझ्न कम्पनीले अनुरोध गरेको हो।

यता, तोकिएको समयभित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने कम्पनीले उल्लेख गरेको छ। नगद लाभांश लिन जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र बोक्नुपर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.