संविधान अपूर्ण रहेकाले संघीयतालाई बलियो बनाउन कठिन भइरहेको छः बाबुराम भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले समावेशी र लोकतन्त्रमा आधारित समाजवाद प्रणालीतर्फ मुलुकलाई लैजाने बताएका छन् ।
बुधबार समाजवादी विधार्थी युनियनले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सम्मुन्तन समाजवादको तेश्रो धारलाई अघि बढाउन पार्टी केन्द्रीत भएको समेत बताए । आफुहरुले समाज रुपान्तरणको कुरालाई अघि बढाउन खोजेपनि केहि मान्छेहरु राजतन्त्रको वरिपरि घुम्ने प्रयास गरेको उनको भनाई छ ।
उनले अझै पनि संविधान अपूर्ण रहेको र संघीयतालाई बलियो बनाउन कठिन भइरहेको भन्दै मुलुक सुहाउँदो संसदीय प्रणाली अवलम्वन गर्नुपर्ने धारणा राखे ।
उनले यसअघि जसपालाई बलियो बनाउन आफुले भूमिका खेलेपनि सो पार्टीको नेतृत्वमा रहेका व्यक्तिहरु क्षेत्रीय संरचनाभन्दा माथि उठ्न नसकेको आरोप लगाए ।







डिसी नेपाल








Facebook Comment