इस्टर्न हाइड्रोपावरको असोज २८ गतेदेखि आइपीओ आउने
काठमाडौँ। इस्टर्न हाइड्रोपावर कम्पनीले असोज २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई बिक्री खुला गर्दा नबिकेको ५० हजार ३१० कित्ता सहित ६ लाख ७० हजार ३१० कित्ता आइपीओ जारी गर्न लागेको हो।
कम्पनीले जारी गर्ने आइपिओमध्ये ३३ हजार ५१५ कित्ता सामुहिक लगानी कोष र १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी ६ लाख २३ हजार २८९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
यसमा कार्तिक १ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा कार्तिक १४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।
रेटिङ एजेन्सी कियर नेपालले इस्टर्नको आइपीओलाई ‘कियर एनपी डबल बी प्लस’ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ। यो आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३० करोड रुपैयाँ रहेको छ।







डिसी नेपाल







Facebook Comment