यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६० पैसा र बिक्री दर १३१ रुपैयाँ २८ पैसा कायम गरेको छ।
युरोपियन यूरो एकको खरिद दर १२६ रुपैयाँ ७१ पैसा र बिक्री दर १२७ रुपैयाँ २९ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १४१ रुपैयाँ ७५ पैसा र बिक्री दर १४२ रुपैयाँ ४० पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३३ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ४५ पैसा र बिक्री दर ८४ रुपैयाँ ८७ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ८५ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ०३ पैसा र बिक्री दर ९ रुपैयाँ ०७ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २९ पैसा र बिक्री दर १८ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ७८ पैसा र बिक्री दर ३४ रुपैयाँ ९४ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५७ पैसा र बिक्री दर ३५ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ १२ पैसा र बिक्री दर ९ रुपैयाँ १६ पैसा कायम भएको छ।







डिसी नेपाल







Facebook Comment