चितवन नछाड्न प्रचण्डलाई गठबन्धनको अपिल

डिसी नेपाल
१८ असोज २०७९ १८:५५
456
Shares

चितवन । चितवनको सत्तारुढ गठबन्धनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवनबाटै निर्वाचन लड्न अनुरोध गरेको छ । गठबन्धनको मङ्गलबार भरतपुरमा बसेको बैठकले संयु्क्त रुपमा निर्णय सार्वजनिक गर्दै चितवन जिल्ला छाडेर अन्यत्र स्थानमा निर्वाचन लड्न नजान बैठकले अनुरोध गरेको हो ।

नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले निर्वाचन क्षेत्र परिवर्तन नगरी चितवनबाटै निर्वाचन लडेर अभिभावकीय भूमिका निर्वाह गर्न अपिल गरेको हो ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड गठबन्धनको शीर्षनेताले आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्नु सान्दर्भिक हुँदैन त्यसैले पाँचदलीय गठबन्धनको बैठक बसेर उनलाई यहीँबाट सङ्घीय संसद्को निर्वाचनमा उठ्न अपिल गरेको कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले बताए ।

दाहाललाई जिल्लामा निर्वाचन उठ्न असहज हुने भन्दै गोरखा २ बाट उठ्ने चर्चा चलेको छ । जिल्लामा उठ्ने वातावरण बिग्रँदै गएको भन्दै पाँच दलभित्र बहस चलेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.