गठबन्धनमा मिल्यो भागबण्डा: माओवादीले पायो ४५ सिट, लोसपालाई १२ सिट दिने तयारी (सूचीसहित)

डिसी नेपाल
२१ असोज २०७९ २३:२५
1.5k
Shares

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँटअन्तर्गत सहमति भएको छ । पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पाटी (जसपा) बाहिरिएको छ । जसपालाई दिन भनिएको क्षेत्रहरू खालि राख्दै चार दलले आ-आफ्नो क्षेत्रमा सहमति गरेका छन् ।

माओवादी केन्द्रले ४५, एकीकृत समाजवादीले २० र राजमोले २ स्थान प्राप्त गर्ने, बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच बाँडफाँट हुने सहमति भएको छ ।

निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै आज अन्तिम रुप दिई निर्णायक वार्तामा नेताहरु जुटेका थिए ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तोकिएको छ । त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेदवार तोक्नुपर्छ । यसका लागि अब एक दिनमात्र बाँकी रहेकाले छ ।

जसपा बैठकबाट बाहिरिएपछि दुई ठूला नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग पनि छलफल गरिरहेका छन् । अहिले १२ क्षेत्र खाली राखिएको छ । त्यही १२ क्षेत्र लोसपालाई दिएर कांग्रेस ८६ मा बस्न सक्ने जनाइएको छ ।

सत्ता गठन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.