कालिकोटको तिलागुफामा मलामी गएका १५ जना सम्पर्कविहीन

डिसी नेपाल
२४ असोज २०७९ ९:५४
104
Shares

काठमाडौं। कालिकोट जिल्लाको तिलागुफा नगरपालिका-४ राँचुली गाउँमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन्।

कालिकोट जिल्लाका सिडिओ रामहरि शर्माका अनुसार शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलामीमा तिला नदी गएका वडाअध्यक्ष परबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर शाहीसहित १५ जना सम्पर्कमा नआएका हुन्।

‘राँचुलीमा मलामी गएकाहरु सम्पर्कविहीन भएको खबर आएको छ, यसबारे अनुसन्धानमा लागेको र प्रहरी टोली पठाएको छ’, सिडिओ शर्माले भने। उनका अनुसार प्रहरी घटनास्थल पुग्दै गरेकाले त्यहाँबाट थप जानकारी आउन बाँकी रहेको छ।

यस्तै कालिकोटको राँचुली गाउँमाथिबाट आएको पहिरोले २०० घरपरिवार विस्थापित भएका छन्। उनीहरु सबै अहिले त्यहाँको कालिका माविमा बसिरहेको पनि सिडिओ शर्माले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.