तीन हाइड्रोपावर कम्पनीले गरे लाभांश घोषणा
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत विभिन्न तीन हाइड्रोपावर कम्पनीहरूले सेयरधनीहरूका लागि गत आर्थिक वर्षको लाभांश दिने घोषणा गरेका हुन्। लाभांश प्रस्ताव गर्ने कम्पनीहरूमा रुरु जलविद्युत परियोजना, अरुण काबेली पावर र सानिमा माई हाइड्रोपावर कम्पनी छन्।
रुरु जलविद्युत परियोजनाले यस वर्ष कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको ७ असोजको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८\७९ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
त्यस्तै, अरुण काबेली पावरले यस वर्ष १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। कम्पनीले आर्थिक वर्ष २०७८\७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू १ अर्ब ८५ करोड ५२ लाख १० हजारको आधारमा उक्त बोनस सेयर वितरण गर्न लागेको हो।
त्यसैगरी, सानिमा माई हाइड्रोपावरले २०७८\७९ सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो।







डिसी नेपाल







Facebook Comment