मल्टिपर्पस फाइनान्सले ३५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौँ। मल्टीपर्पस फाइनान्सले ३५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीको गत असोज ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम ४५ करोड २० लाख रुपैयाँ चुक्ता पुँजीबाट १ः०.३५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो। हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ।
यसको लागि कम्पनीले हकप्रद निष्कासनमा सहमति प्रदान गरिदिन नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेको थियो। तर, राष्ट्र बैंकले कम्पनीको बार्षिक साधारण सभा अर्थात् विशेष सभाबाट हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्वीकृत गराएपश्चात मात्र उल्लेखित हकप्रद सेयर जारी गर्नको लागि सहमति प्रदान गरिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment