चितवनका दुई सय तीस जनामा स्क्रब टाईफस

डिसी नेपाल
२४ असोज २०७९ १४:५४
244
Shares

चितवन। जिल्लाको विभिन्न अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये दुई सय ३० जनामा स्क्रबटाईफस रोगको सङ्क्रमण देखिएको छ। एक हजार आठ सय ७३ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो।

स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार सङ्क्रमितमध्ये एक सय आठजना चितवनका रहेका छन्। यस जिल्लामा भरतपुर महानगरपालिकामा सबैभन्दा बढी ५५ जना सङ्क्रमित भेटिएको केसीले जानकारी दिए। अन्य जिल्ला बाहिरका रहेका छन्।

गत आर्थिक वर्षमा तीन हजार दुई सय ८६ जनाको परीक्षणका क्रममा दुई सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको कार्यालयले जनाएको छ। स्क्रफ टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ। स्क्रफ टाइफसमा मानिसलाई उच्च ज्वरो आउनु, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाई र पखालाले सताउनु, स्वास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिबिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्ष्यण देखिने गर्दछ।

यस रोगबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने केसीले बताए।

यस्तै जिल्लाको विभिन्न अस्पतालमा उपचारका क्रममा आएका बिरामीमध्ये एक हजर एक सय ५५ जनामा डेँङगु रोगको सङ्क्रमण देखिएको छ। जसमध्ये सात सय ९९ जना चितवनका रहेका छन् । एक सय ७७ जनाको ठेगाना पहिचान नभएको र दुई सय ९९ जना जिल्ला बाहिरका रहेका छन्। डेँगुका कारण चितवनमा दुई जनाको मृत्यु भएको छ। साउन यता ५ हजार ६५५ जनाको परीक्षणका क्रममा उनीहरुमा डेँङगु देखिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.