२७.१६ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ। आज नेप्से २७.१६ अंकले घटेर १ हजार ८७१.२२ विन्दुमा पुगेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३३ कम्पनीको ३१ लाख ५५ हजार ६९५ कित्ता सेयर खरिद बिक्री हुँदा ९७ करोड १७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयरको भएको छ। यसको आज १६ करोड ५८ लाखभन्दा बढीको कारोबार भएको छ।
सोमबारको कारोबारमा १३ वटा उपसुचकमध्ये म्युचुअल फण्ड उपसुचकबाहेक सबै उपसुचक घटेको छ। आजको कारोबारमा अभियान लघुवित्त र एनएमबि हाइब्रिड फण्डका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, गरिमा ऋणपत्र र सिभिल लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment