गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

डिसी नेपाल
२५ असोज २०७९ ९:४०
112
Shares

काठमाडौँ। गुराँस लाइफ इन्सुरेन्सको ७.८३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि (असोज २६ गते) बुधबार बुक क्लोज गर्ने भएको छ। तसर्थ, आजसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

कम्पनीले कात्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा कम्पनीको प्रधान कार्यालय, राज भवन तिनकुने, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।

सभामा सेयरधनीलाई ७.४४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९ प्रतिशत नगद गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस  हुनेछ। सभामा युनियन लाइफ र प्राइम लाइफसँग मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्ने एजेन्डा छ।

साथै, सभामा आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ। त्यस्तै, आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.