चितवन-३ मा एमालेले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने

डिसी नेपाल
२६ असोज २०७९ १७:२७
68
Shares

चितवन, २६ असोज । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको चुनावका लागि उम्मेदवारी दिएका एमालेका रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी फिर्ता गर्न पत्र पठाएपछि चितवन-३ का उम्मेदवार न्यौपानेकोको नाम उम्मेदवारी सूचीबाट हटाइएको निर्वाचन आयोगले जनाएको छ ।

एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ । चितवन-३ मा माओवादी केन्द्रको तर्फबाट भोजराज अधिकारी उम्मेदवार बनेका छन् । उनी सत्ता गठबन्धनबाट चुनाव लड्ने छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.