राष्ट्रबादी शक्तिलाई कमजोर बनाउने षड्यन्त्रलाई परास्त गर्नु आजको आबश्यकताः कमल थापा

डिसी नेपाल
२७ असोज २०७९ २०:२४
88
Shares

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने देशीबिदेशी शक्तिको योजनावद्ध षड्यन्त्रलाई परास्त गर्न राप्रपा नेपालले नेकपा (एमाले) सँग सहकार्य गरेको बताएका छन् ।

आज हेटौंडामा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले आफ्नो राजनीतिक जीवन समाप्त पार्न चाहने तत्वको प्रयास सफल हुन नदिने समेत उद्घोष गरे ।उनले नेकपा एमालेका अध्यक्ष केपि ओलि नेतृत्वमा बनेको सरकारमा सङ्गै रहदा धेरै राष्ट्रबादी र देशहितमा काम गरेको समेत स्मरण गरे।

गठबन्धनको नाममा ब्रम्हलुट र कुशासनको अन्त्य गर्नको निमित्त राष्ट्रबादी शक्तीलाई आगामी निर्बाचनमा बिजयी गराउनु पर्नेमा थापाले जोड दिए ।

कार्यक्रममा नेकपा एमालेका नेता रामचन्द्र राई, मकवानपुर १(क) का उम्मेदवार कमल बिष्ट र (ख)का उम्मेदवार एकालाल श्रेष्ठ राप्रपा नेपालका नेताहरु गणेश थापा, राजाराम बर्तौला, गुरु प्रसाद सापकोटा लगायतले बोलेका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.