सर्लाहीमा माओवादी नेता शिवपुजनको रमिता

डिसी नेपाल
२८ असोज २०७९ ६:२४
572
Shares

काठमाडौं। मंसीर ४ गते हुने आम निर्वाचनलाई लिएर नेकपा माओवादी केन्द्रको सर्लाही जिल्लामा निकै रोचक रमिता देखिएको छ।

माओवादी पार्टीका नेता शिवपूजन राय यादवकी श्रीमती मिना यादवलाई संघीय संसदका लागि समानुपातिकमा नाम सिफारिस भएकी छिन्।

गठबन्धनको सिट मिलाउनु पर्ने भएका कारण शिवपूजनले टिकट नपाउने भएपछि उनकी पत्नीका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समानुपातिकमा पनि शीर्षस्थानमै(मधेशी महिलामा एक नम्बर) नाम सिफारिस गरी निर्वाचन आयोग पठाइसकेका छन्।

तर, श्रीमतिलाई समानुपातिकमा राखेर पनि नपुगेपछि माओवादीको सर्लाहीका नेता शिवपूजनले आफ्नी छोरी मधुमाला कुमारी यादवका लागि क्षेत्र नं ४ मा टिकट लिने कोसिस गरेका थिए।

तर, गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नागेन्द्र राय यादवले टिकट पाएपछि छोरीलाई टिकट दिलाउने प्रयास सफल हुन सकेन।

उनलाई टिकट नदिइएपछि उनले छोरीमात्रै होइन कि आफ्ना निकटस्थहरुलाई पनि माओवादी र सत्ता गठबन्धनका उम्मेद्वारहरु विरुद्ध प्रदेशस्तरमा पनि उठाएपछि सो दलभित्रको रमिता सार्वजानिक भएको छ।

गठबन्धनका तर्फबाट क्षेत्र नं ४ मा संघीय संसदमा नागेन्द्र राय यादव, प्रदेश क मा कांग्रेसकै बीरेन्द्र सिंह र ख मा माओवादीका फकिरा महतो आधिकारिक उम्मेद्वार हुन्। अध्यक्ष दाहालले नाम फिर्ता लिन र अरुलाई पनि फिर्ता गराउन शिवपूजनलाई आग्रह गरे पनि उनले टेरेनन्।

सो क्षेत्रको प्रदेशस्तर क मा भतिजा प्रीतम यादव र ख मा अर्का भतिजा श्रीचन यादवलाई उनले स्वतन्त्र उम्मेद्वार उठाएका छन् । यी सबै माओवादीकै कार्यकर्ता हुन्।

त्यसैगरी छोरी मघुमाला यादवलाई क्षेत्र नं चारमै संधीय संसदका लागि स्वतन्त्र उम्मेद्वार उठाइएकी छिन्। जातीय र समुदायको भोट आउने यो जिल्लामा माओवादी नेता शिवपूजनले घात गरेर छोरी र भतिजहरुलाई समेत उठाइदिएपछि गठबन्धनका आधिकारिक उम्मेद्वारहरु धरापमा परेका छन्।

त्यसो त मित्रवत प्रतिष्पर्धा गर्ने गठबन्धनले उम्मेद्वार यो हो भनेर नतोक्ने सहमती गरेर सर्लाहीको क्षेत्र नं २ मा उम्मेद्वारी दिन पुगेका लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोमाथि गठबन्धन दलहरुबाट घात भइसकेको छ।

माओवादीको टिकटबाट उठेका महिन्द्र राय यादवलाई गठबन्धनले आधिकारिक उम्मेद्वार घोषणा गरिदिएको छ। सर्लाहीको क्षेत्र नं ३ क मा पनि माओवादीका तर्फबाट स्वतन्त्र उम्मेद्वार उठाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.