शुक्रबार सुनचाँदीको मूल्य घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। साताको कारोबार अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ९४ हजार १ सय रुपैयाँ कायम भएको छ।
बिहिबार प्रति तोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार १८५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको हो। बिहिबार चाँदी प्रति तोला १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment