एकै दिन १ हजारले घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। साताको कारोबार पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार १ सय रुपैयाँ कायम भएको छ।
शुक्रबार प्रति तोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजारले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार १६० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले घटेको हो। शुक्रबार चाँदी प्रति तोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment