नयाँ स्टक र ब्रोकर लाईसेन्सको प्रक्रिया रोकिन सक्ने

डिसी नेपाल
३० असोज २०७९ ११:५०
36
Shares

काठमाडौँ। निर्वाचन आयोगले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर लाईसेन्स, कमोडिटी बजारको लाइसेन्स र लघुविमा कम्पनीहरुको नयाँ लाईसेन्स खुलाएकोमा सम्बन्धित निकायसंग स्पष्टिकरण माग गरेको छ। आयोगले निर्वाचन आचारसंहिता लागिसकेपछि नयाँ लाईसेन्सको आवेदन माग भएको भन्दै स्पष्टिकरण माग गरेको हो।

आयोगले शनिबार नेपाल धितोपत्र बोेर्ड, बीमा समिति र अर्थमन्त्रालयलाई एक पत्र लेख्दै आचार संहिता लागेको समयमा खुलेको लाईसेन्स प्रक्रियालाई किन नरोक्ने भनि स्पष्टिकरण माग गरिएको हो। आयोगले ति निकायहरुलाई तिन दिन भित्र स्पष्टिकरण पेस गर्न निर्देशन दिएको हो ।

निर्वाचन आचारसंहिता सुरु भइसकेपछि नियमविपरित लाईसेन्स प्रक्रिया खोलिएको भन्दै यसलाई रोक्न केही दिनअघि निर्वाचन आयोगमा उजुरी परेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.