९.६९ अंकले घट्यो सेयर बजार, कारोबार रकम ८० करोड ३५ लाखमा सिमित

डिसी नेपाल
३० असोज २०७९ १५:२८
56
Shares

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ। आज नेप्से ९.६९ अंकले घटेर १ हजार ८६०.९४ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२१ कम्पनीको २५ लाख ७४ हजार ७८५ कित्ता सेयर खरिद बिक्री हुँदा ८० करोड ३५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एभरेष्ट बैंकको भएको छ। यसको आज ८ करोड ४७ लाखभन्दा बढीको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटा उपसुचकमध्ये दुई उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा अभियान लघुवित्त र स्ट्याण्डर्ड चाटर्ड बैंकका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, पिपुल्स पावर र सिटिजन्स बैंकका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.