महालक्ष्मी विकास बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
३१ असोज २०७९ ९:२९
276
Shares

काठमाडौँ। महालक्ष्मी विकास बैंकले ३० हजार १०८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो।

यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापकले असोज ३१ गते बाट ३५ दिनभित्र आवेदन दिनुपर्छ।

इच्छुक संस्थापकले आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा निवेदन दिनुपर्नेछ। तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.