दोस्रो बजारमा सयपत्री हाइड्रोपावरको कारोबार सुरू, कतिमा भयो पहिलो कारोबार ?

डिसी नेपाल
३१ असोज २०७९ ११:५०
48
Shares

काठमाडौँ। धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्जमा सयपत्री हाइड्रोपावरको सेयर कारोबार सोमबारदेखि सुरु भएको छ। कम्पनीकाे पहिलो सेयर कारोबार १९४ रुपैयाँ ८० पैसामा खुला भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिसेयर न्युनतम ६४ रुपैयाँ ९६ पैसादेखि अधिकतम १९४ रुपैयाँ ८८ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको थियो।

कम्पनीको कारोबार अधिकतम रेञ्जबाट सुरू भएको हो।  यसअघि आइतबार स्पेसल प्रि ओपनिङ सेसनमा अर्डर म्याच नभएपछि सेयर कारोबार खुला हुन सकेकोे थिएन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.