२.६१ अंकले घट्यो सेयर बजार

डिसी नेपाल
३१ असोज २०७९ १५:३७
56
Shares

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ। आज नेप्से २.६१ अंकले घटेर १ हजार ८५८.३३ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २१९ कम्पनीको १६ लाख ३१ हजार ३४९ कित्ता सेयर खरिद बिक्री हुँदा ५१ करोड ५८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ। यसको आज २ करोड ७९ लाखभन्दा बढीको कारोबार भएको छ।

सोमबारको कारोबारमा १३ वटा उपसुचकमध्ये ६ उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा अभियान लघुवित्त र सयपत्री हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, पिपुल्स पावर र बलेफी हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.