सुन र चाँदीको मूल्य बढ्यो, प्रति तोला कति पुग्यो ?
काठमाडौँ। साताको कारोबार दोस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ।
सोमबार प्रति तोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले बढेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार९ सय रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार १८० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले बढेको हो। सोमबार चाँदी प्रति तोला १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment