खल्तीबाट मेट लाईफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा रु.१००० सम्म क्यासब्याक

डिसी नेपाल
१ कार्तिक २०७९ ११:४२
32
Shares

काठमाडौँ। ‘खल्ती’ ले मेट लाईफ इन्स्योरेन्सको बीमा प्रिमियम ‘खल्ती’ बाट भुक्तानी गर्ने प्रयोगकर्ताहरुका लागि अफर उपलब्ध गराएको छ। यस अफर अनुसार प्रयोगकर्ताहरुले रू. १००० सम्मको क्यासब्याक प्राप्त गर्नेछन्। साथै दुई भाग्यशाली बिजेताले अक्टोबर देखि डिसेम्बर २०२२ सम्म, प्रत्येक महिना, स्मार्टब्याण्ड पनि प्राप्त गर्नेछन्। यो अफर डिसेम्बर ३१, २०२२ सम्म लागु हुनेछ।

प्रयोगकर्ताले प्रिमियम भुक्तानीको लागि तोकिएको मिति भन्दा 7 दिन भित्र भुक्तानी गर्नुपर्ने हुन्छ। साथै, खल्ती मार्फत आउने क्यास्ब्याक प्रयोगकर्ताले महिनाको अन्तिममा प्राप्त गर्नेछन्।

मेट लाईफ इन्स्योरेन्सको प्रिमियम ‘खल्ती’ बाट यस प्रकार तिर्न सकिन्छ:
● ‘खल्ती’ एप लग-इन गरि “इन्स्योरेन्स” आइकन मा ट्याप गर्ने
● “मेट लाईफ इन्स्योरेन्स” सेलेक्ट गर्ने
● “Policy Number” र “DOB ” भर्ने
● अब सम्पुर्ण विवरण दाखिला गरि “प्रोसिड टु पे” मा क्लिक गर्ने

यस बाहेक पनि मेट लाईफ इन्स्योरेन्स बिमा गरेको ग्राहकले मेट लाईफ इन्स्योरेन्स साईटमा गएर सम्पूर्ण विवरण दाखिला गरे पश्चात पेमेन्ट अप्सनको रूपमा खल्ती छनौट गरि भुक्तानी गर्न सक्नेछन्। यस सुविधा बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुत रूपमा बढिरहेको छ। धेरै बीमा ग्राहकहरूले डिजिटल प्लेटफर्ममार्फत आफ्नो प्रिमियम तिर्न रुचाउने भएकाले भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याईएको हो।”

रु. ५००० माथिको प्रिमियम भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ। खल्ती अकाउन्ट केवाईसी भेरिफाईड नभएको खण्डमा प्रयोगकर्ताले सम्पूर्ण विवरण भरि सजिलै भेरिफाई गर्न सक्नेछन्।

ISO 27001 : 2013 बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित , खल्ती आफ्नो सेवाको छैठौं वर्षमा पुगेको छ। खल्तीमा हाल २५ लाख भन्दा बढी प्रयोगकर्ताहरू र ६० हजार भन्दा बढी एजेन्ट नेटवर्कसँगै देशभर को परिवारमा वृद्धि गरेको छ। सबै नेपालीहरूमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई र सिनेमा टिकट बुकिङ, बीमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.