गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस नेता निधिको आग्रह

डिसी नेपाल
१ कार्तिक २०७९ २२:०९
12
Shares

धनुषा । नेपाली कांग्रेसका पूर्वउसभापति विमलेन्द्र निधिले धनुषा निर्वाचन क्षेत्र नं ३ मा पाँचदलीय गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिलकुमार झालाई जिताउन अनुरोध गरेका छन् ।

गृहजिल्ला धनुषा आइपुगेका नेता निधिले सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन सबै किसिमको सहयोग गर्न आफू तयार रहेको बताए । उनले भने, “अनिल झाजीलाई जिताउनका लागि नै म यहाँ आएको हुँ ”

उनले अबदेखि आफू गृहनगरमै रहेर गठबन्धन दलका उम्मेदवारलाई जिताउन हरसम्भव प्रयास गर्ने बताए। निधिले यसका लागि अबदेखि आफू चुनावसम्म जनकपुरधाममै रहने जानकारी दिए । नेता निधिले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि चुनावी प्रचारप्रसारमा समेत लाग्न कार्यकर्तालाई आग्रह गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.