समानुपातिकको मतपत्र सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा पुर्‍याइयो

डिसी नेपाल
२ कार्तिक २०७९ ७:५०
48
Shares

सप्तरी। जिल्ला निर्वाचन कार्यालय सप्तरीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा समानुपातिक मतपत्र पुर्‍याइएको छ।

निर्वाचन आयोगबाट जिल्ला निर्वाचन कार्यालय सप्तरीमा ल्याइएका मतपत्र कडा सुरक्षाका साथ जिल्लाको कञ्चनरूप, शम्भुनाथ, खडक र राजविराजमा स्थापना गरिएका चारवटै निर्वाचन अधिकृतको कार्यालयलाई हस्तान्तरण गरेको जिल्ला निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिए।

४ लाख १२ हजार ४ सय ४५ मतदाता रहेको सप्तरीमा चार वटा प्रतिनिधिसभा र आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ।

प्रत्येक निर्वाचन क्षेत्रका मतदाता संख्याको १० प्रतिशत बढी मतपत्र निर्वाचन आयोगले पठाउने प्रावधान रहेको सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए।

मुख्य निर्वाचन अधिकृत रावलका अनुसार मतदान केन्द्रमा मतदान अधिकृतलाई खटाएको तीन दिन पहिले मात्रै मतदान स्थलमा मतपत्रसहितका निर्वाचन सामग्री पठाइने प्रावधान रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.