एनसेलको साधारण सभा कात्तिक २५ मा
काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले कात्तिक २५ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। सभामा कम्पनीले आर्थिक वर्ष २०७८-७९ को लाभांश प्रस्ताव पेश गर्नेछ। कम्पनीले लाभांश दर भने उल्लेख गरेको छैन।
साथै, सभामा आर्थिक वर्ष २०७८-७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ। त्यस्तै, आर्थिक वर्ष २०७९-८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने तथा ऋणका विषयमा पनि छलफल गर्ने एजेन्डा छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment