सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

डिसी नेपाल
२ कार्तिक २०७९ ११:०५
1.9k
Shares

काठमाडौँ। बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार २ सय रुपैयाँ कायम भएको छ।

मंगलबार प्रति तोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले घटेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार १७५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो। मंगलबार चाँदी प्रति तोला १ हजार १८० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.