यस्तो छ आजको फलफूल तथा तरकारी मुल्य

डिसी नेपाल
२ कार्तिक २०७९ ११:५३
64
Shares

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाले आज बुधबार अदुवा, स्थानीय काउली, रातो मूला, पाकेको फर्सी, हाइब्रीड सेतो मूला र हरियो डल्लो फर्सीको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ निर्धारण गरेको छ।

त्यस्तै, अनार ४७५ रुपैयाँ, अमला र गान्टे मूला ७५ रुपैयाँ, अम्बा १३५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ९३ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ४७ रुपैयाँ, सेतो आलु ८२ रुपैयाँ ५० पैसा, इमली १४५ रुपैयाँ, लोकल काक्रो र पिंडालू प्रतिकेजी ५५ रुपैयाँ, हाइब्रीड काक्रो २५ रुपैयाँ, कागती १९० रुपैयाँ, किवि ३२५ रुपैयाँ, अकबरे खुर्सानी ८६ रुपैयाँ ६७ पैसा, बुलेट खुर्सानी ९६ रुपैयाँ ६७ पैसा, सुकेको खुर्सानी ४१० रुपैयाँ, लोकल गाजर १४५ रुपैयाँ र गुन्द्रुक ३२५ रुपैयाँ रहेको छ ।

यसैगरी, ठूलो नेपाली गोलभेडा र लौकाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, भारतीय ठूलो गोलभेडा ८६ रुपैयाँ ६७ पैसा, टनेल गोलभेडा ४६ रुपैयाँ ६० पैसा, लोकल सानो गोलभेडा ३९ रुपैयाँ, राजमा घिउ सिमी १६५ रुपैयाँ, लोकल सिमी ५६ रुपैयाँ ६७ पैसा, हाइब्रीड घिउ सिमी ८५ रुपैयाँ, घिरौला ७६ रुपैयाँ ६७ पैसा, चमसूरको साग २३५ रुपैयाँ, चुकुन्दर, हरियो तरबुजा र न्यूरो ८५ रुपैयाँ, कन्य च्याउ १७५ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, छ्यापी सुकेको २१० रुपैयाँ, जिरीको साग २२५ रुपैयाँ छडी माछा २४० रुपैयाँ, बचुवा ताजा माछा २४६ रुपैयाँ ६७ पैसा, मुंगरी ताजा माछा २३० रुपैयाँ र रहु ताजा माछा ३४६ रुपैयाँ ६७ पैसा रहेको छ।

यसैगरी, तितो करेलाको औसत मूल्य प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा, तोफु १०५ रुपैयाँ, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, चाइनिज नासपाती ३२५ रुपैयाँ, निबुवा ५६ रुपैयाँ ६७ पैसा, परवर ६५ रुपैयाँ, पालूगो साग २३५ रुपैयाँ, सुकेको प्याज ५३ रुपैयाँ ५० पैसा, बकुला १३० रुपैयाँ र लोकल बन्दा ३५ रुपैयाँ रहेको छ।

त्यस्तै, बरेला प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा, तने बोडी १२५ रुपैयाँ, ब्रोकाउली १७५ रुपैयाँ, भटमासकोशा ८६ रुपैयाँ ६७ पैसा, भिण्डी ९५ रुपैयाँ, भेडे खुर्सानी १३० रुपैयाँ, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा २७५ रुपैयाँ, मेथीको साग २३५ रुपैयाँ, नेपाली मेवा १०६ रुपैयाँ ६७ पैसा, मौसम १३५ रुपैयाँ, रायोको साग १७० रुपैयाँ, लप्सी ६६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १६६ रुपैयाँ, सुकेको नेपाली लसुन १२६ रुपैयाँ ६७ पैसा, शरीफा १७५ रुपैयाँ, सखरखण्ड ८६ रुपैयाँ ६७ पैसा, सेलरी ३२५ रुपैयाँ, सौफको साग २३५ रुपैयाँ, स्कूस १२ रुपैयाँ ५० पैसा, ज्यापु काउली ६५ रुपैयाँ, फूजी स्याउ २७५ रुपैयाँ र हरियो धनिया १८० रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.