सोल्टी होटलले गर्यो २६.१३५ प्रतिशत लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?
काठमाडौँ। सोल्टी होटलले २६.३१५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र २१.३१५ प्रतिशत नगद गरी कुल २६.३१५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
यसका साथै बैठकले २८ पुसमा वार्षिक साधारण सभा पनि बोलाएको छ। सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।
सोल्टीले साधारणसभा प्रयोजनाका लागि ७ पुसमा बुक क्लोज गर्ने जानकारी गराएको छ। यसर्थ, ६ पुससम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment