दोषी ठहरिए माधव नेपाललाई १ लाख रुपैयाँ जरिवाना र २ वर्षसम्म कैद हुन सक्ने
काठमाडौं । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमारलाई कारवाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र लेख्दै नेपालले निर्वाचन सम्बन्धी कसुर गरेकोले कारवाही गर्न निर्देशन दिएको हो ।
नेपाल रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छन् । उनले निर्वाचनलाई प्रभावित पार्ने कसूर गरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा २० मा गरिएको उम्मेदवारले मतदातालाई लोभलालच वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था नेपालले उल्लंघन गरेको आयोगले जनाएको छ ।
यदि नेता नेपाल यो कसूरमा दोषी ठहरिए उनलाई १ लाख रुपैयाँ जरिवाना र २ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनमा व्यवस्था छ । आयोगले नेपालले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा २० को उपदफा १ को खण्ड (च) बमोजिमको कसुर गरेको देखिएको आयोगले लेखेको पत्रमा उल्लेख छ ।
यो ऐनको दफा २० को उपदफा १ को खण्ड (च) बमोजिमको कसुर गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने सोही ऐनको दफा २० को उपदफा ४ मा व्यवस्था गरिएको छ ।
नेता नेपालले मतदातालाई फ्रि भिसा, फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाएको र यो ऐनको व्यवस्थाअनुसार कसूर भएको ठहर गर्दै आयोगले सोही ऐनको दफा ३९ अनुसार कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्देशन दिएको हो ।







डिसी नेपाल








Facebook Comment