१.३८ अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
३ कार्तिक २०७९ १५:३२
44
Shares

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ। आज नेप्से १.३८ अंकले घटेर १ हजार ८४४.१४ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२१ कम्पनीको १५ लाख ४६ हजार ८५७ कित्ता सेयर खरिद बिक्री हुँदा ५० करोड ७६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अभियान लघुवित्तको भएको छ। यसको आज ३ करोड ६९ लाखभन्दा बढीको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटा उपसुचकमध्ये बैंकिङ्ग र होटल एण्ड पर्यटन उपसुचकबाहेक सबै उपसुचक घटेको छ। आजको कारोबारमा सयपत्री हाइड्रोपावर र बिन्देबसिनी हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। यस्तै, सेन्चुरी ऋणपत्र र सामुदायिक लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.