खुलामुखी म्युचुअल फण्ड निष्कासन गर्दै नबिल

डिसी नेपाल
४ कार्तिक २०७९ १०:१०
56
Shares

काठमाडौँ। नबिल इन्भेष्टमेन्ट बैंकिङले २३ कात्तिकदेखि खुलामुखी म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ। कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्ड निष्कासन गर्न लागेको हो।

सो योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरको ७ करोड इकाईमध्ये न्यूनतम १ करोड १२ लाख वा खुला बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक र योजना व्यवस्थापकका लागि छुट्याइएको छ।

जसमध्ये कोष प्रवर्द्धकलाई १४ प्रतिशत र योजना व्यवस्थापकलाई रहेको छ। कम्पनीले बाँकी रहेको ६ करोड ३७ लाख ५० हजार इकाई निष्कासन गर्नेछ । सो मध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई निष्कासन गर्न लागेको हो।

सो इकाईका लागि कात्तिक २७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने मिति मंसिर ७ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ७५ लाख इकाईका लागि आवेदन दिन सकिनेछ।

सो फण्डको इकाईका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । यो फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमन्ट बैंकिङ लिमिटेड रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.