पोखरा फेवातालमा फोनपे क्यूआरमार्फत भुक्तानी गर्नेको संख्या बढ्दो, पर्यटकलाई हुन थाल्यो सहज

डिसी नेपाल
४ कार्तिक २०७९ १०:१९
252
Shares

काठमाडौँ। पर्यटकीय नगरी पोखरामा रहेको फेवातालमा डुंंगा चढ्दा फोनपे क्यूआर मार्फत भुक्तानी गर्नेहरुको संख्या बढ्न थालेको छ। यसअघि नगद कारोबार चलिरहेको फेवाताल डुंगा व्यवसायमा फोनपे क्यूआर संचालमा आएसँगै फेवाताल घुम्न जाने पर्यटकहरुमा फोनपेप्रति आकर्षण बढेको हो।

फोनपे र फेवाताल डुंगा व्यवसायी संघसँगको सहकार्यमा केही दिनअघि फोनपे मार्फत भुक्तानी गर्न सकिने सेवाको सुरुवात गरिएको थियो। बाराहीघाटमा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल र फोनपेका सिइओ दिवस सापकोटाको उपस्थितीमा एक कार्यक्रमकाबीच क्यूआर भुक्तानी सेवाको सुरुवात गरिएको थियो। सोही कार्यक्रममा मनोरञ्जन प्रदान गर्न बोटिङ्ग प्रतिषपर्धा आयोजना गरिएको थियो भने फोनपेका ब्राण्ड एम्बेष्डर सन्दीप क्षेत्रीले मनोरञ्जन प्रदान गरेका थिए।

फोनपेले यतिबेला चाडवाड लक्षित विभिन्न अफरहरु समेत सञ्चालन गरिरहेको छ। यसैगरि क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसुङ्गको आकर्षक मोबाईल फोन जित्न सक्नेछन्। मर्चेन्टहरुको यो योजना कार्तिक १२ गत सम्म सञ्चालन हुनेछ।

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ। यसैगरी फोनपे डाइरेक्ट मार्फत् मोबाईल नम्बर राखि कुनैपनि बैंकको बैंक खातामा रकम पठाउन सकिन्छ भने विभिन्न किसिमका सेवाको रकम भुक्तानी गर्न सकिन्छ। फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन्। यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन्। एक करोड ५० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.