गरिमा विकास बैंकका ग्राहकले ‘द हिमालयन ग्रिल बाई बाजेको’मा विशेष छुट पाउने

डिसी नेपाल
४ कार्तिक २०७९ १०:३९
80
Shares

काठमाडौँ। नेपालकै प्रतिष्ठित रेस्टुरेन्ट ‘द हिमालयन ग्रिल बाई बाजेको’ र गरिमा विकास बैंकबीच विभिन्न सेवा सुविधामा आर्कषक छुट सम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्र अनुसार यस बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गरेका ग्राहकहरुले काठमाडौंको सामाखुसी मा अवस्थित ‘द हिमालयन ग्रिल बाई बाजेको’ बाट फुड एण्ड वेभरेजमा  १५ प्रतिशत छुट पाउन सक्नेछन्। उक्त सम्झौतामा विकास बैंकको बजारीकरण विभाग प्रमुख रमेश रिजाल र रेस्टुरेन्ट ‘द हिमालयन ग्रिल बाई बाजेको’ अध्यक्ष मौसम कुमार श्रेष्ठ विच भएको छ ।

हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.