समाजलाई एकताबद्ध गर्न खेलकुदको भूमिका महत्वपूर्ण : पूर्वसभामुख घर्ती

डिसी नेपाल
४ कार्तिक २०७९ १०:४७
20
Shares

काठमाडौं। पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले समाजलाई एकताबद्ध गर्न खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताएकी छन्।

कागेश्वरी मनोहरा-९ हात्ती डाँडामा शुक्रबार बिहान ‘स्वर्गीय चुडामणि गिरी तथा जुनुकुमारी गिरी स्मृति ब्याटमिन्टन प्रतियोगिता’ उद्घाटन गर्दै घर्तीले खेलकुदले मानिसलाई स्वस्थ, निरोगी र अनुशासित बनाउने उल्लेख गरिन्।

सत्ता गठबन्धनबाट काठमाडौं-२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेकी उनले समाजलाई एकताबद्ध गर्न पनि खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका रहेको चर्चा गरिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.