रुपन्देही २ मा राजु गुरुङको उम्मेदवारी खारेज

डिसी नेपाल
४ कार्तिक २०७९ १७:५६
208
Shares

काठमाडाैं। सर्वोच्च अदालतले रुपन्देही-२ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरिदिएको छ।

आज (शुक्रबार) न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज गर्ने आदेश दिएको हो। आजको इजलाशले यसअघि गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिने आदेश दिएको हो।

आयोगले बैङ्किङ कसुरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेका नेकपा एसका उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.