अमेरिकी डलरको भाउ घट्यो, हेर्नुहोस् यस्तो छ विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
६ कार्तिक २०७९ ८:५७
3.9k
Shares

काठमाडौँ। आइतबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि आइतबार कायम गरेको विनिमय दरअनुसार अमेरिकी प्रतिडलर खरिददर १३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५९ पैसा कायम भएको छ। शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा कायम गरेको थियो।

युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ ६४ पैसा र बिक्री दर १२९ रुपैयाँ २२ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १४६ रुपैयाँ ९३ पैसा र बिक्री दर १४७ रुपैयाँ ६० पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्री दर १३१ रुपैयाँ १६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८२ रुपैयाँ ५७ पैसा र बिक्री दर ८२ रुपैयाँ ९४ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ०२ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ७४ पैसा र बिक्री दर ८ रुपैयाँ ७८ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २२ पैसा र बिक्री दर १८ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३५ रुपैयाँ १२ पैसा र बिक्री दर ३५ रुपैयाँ २८ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ८६ पैसा छ भने बिक्री दर २७ रुपैयाँ ९८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ १५ पैसा र बिक्री दर ९ रुपैयाँ १९ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.