भ्रष्टाचार निर्मूल पार्नु आफ्नाे पहिलाे दायित्व : प्रकाशमान सिंह

डिसी नेपाल
६ कार्तिक २०७९ ११:३७
60
Shares

काठमाडाैं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार निर्मूल गर्नुपर्ने नागरिकको चाहना पूरा गर्ने आफ्नो पहिलाे दाहित्व भएकाे बताएका छन्।

काठमाडाैँ आइतबार आयाेजित चुनावी कार्यक्रममा बाेल्दै नेता सिंहले व्याप्त भ्रष्टाचार निर्मूल गर्ने र सुशासन कायम गर्दै देश निर्माण आफ्नाे पहिलाे दायित्व रहेकाे बताए।

‘प्रशासनिक प्रक्रियामा झन्झटिलाे छ । समयमा केही काम नहुने, जहाँ सुकै भनसुन चाहिने यस्तो अवस्थाकाे अन्त्य गर्नु मेराे पहिलाे प्राथमिकता हाे,’ उनले भने।

राजनीति अस्थिरताका कारण मुलुककाे समस्याको जहाँकाे त्यहीँ रहेकाले राजनीति स्थायित्वले मात्र सुशासन र विकास निर्माणकाे प्रक्रियामा अगाडि बढ्ने भन्दै नेता सिंहले काठमाडौंमा देखिएकाे खानेपानी, फाेहाेर व्यवस्थापन ट्राफिक जामलगायता न्युनतम आधारभूत समस्याको समाधानका लागि काम गर्ने याेजनासहित आफू फेरि जनतामाझ आएकाे बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.