गठबन्धनको जीतबाट मात्र प्रतिगमन समाप्त पार्न सकिन्छः माधव नेपाल

डिसी नेपाल
६ कार्तिक २०७९ १९:११
8
Shares

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले गठबन्धनको जीतबाट मात्र प्रतिगमन समाप्त पार्न सकिने दाबी गरेका छन् ।

पाँचदलीय गठबन्धनको कर्णाली प्रदेशस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्न आज वीरेन्द्रनगर सुर्खेतमा पुगेका नेपालले यस्तो बताएका छन् । साथै, उनले देशको उन्नति र प्रगतिका लागि प्रतिबद्ध भएर लागेमात्र ओली प्रवृत्तिलाई परास्त सकिने बताए ।

अध्यक्ष नेपालले समाजवादको यात्रालाई अगाडि बढाउन गठबन्धन जरुरी रहेको जनाए । जनतालाई गरिबी, अशिक्षा र भोकमरीबाट मुक्त पार्न गठबन्धनको जीतले मात्र सुनिश्चित गर्छ”, अध्यक्ष नेपालले भने, “तसर्थ देश र समाज परिवर्तन, जनताको जीवनस्तर उकास्न, देशको स्वाभिमान माथि उठाउन गठबन्धन गरिएको हो ।”

गठबन्धनको प्रतिबद्धता र घोषणापत्र अगाडि सारिएको बताएका उनले त्यही प्रतिबद्धता पत्र लिएर घरदैलो गर्न गठबन्धन दलका प्रदेश तथा स्थानीय नेतृत्वलाई अपिल समेत गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.