महोत्तरीमा गठबन्धनविरुद्ध बागी बनेका ढुंगानाको उम्मेदवारी निष्क्रिय

डिसी नेपाल
७ कार्तिक २०७९ ११:५८
44
Shares

महोत्तरी। महोत्तरी १ मा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका राजन ढुंगानाले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको बताएका छन्। पार्टीको आग्रह आत्मसात गर्दै उम्मेदवारी निष्क्रिय बनाएको उनको भनाइ छ।

‘ढुंगानाको उम्मेदवारी निष्क्रियताले हामी निक्कै खुसी भएका छौंं,’ माओवादी पोलिटव्युरो सदस्य तथा महोत्तरीका इन्चार्ज राजु खड्काले भने। यो क्षेत्रमा गठबन्धनबाट माओवादी नेता गिरिराजमणि पोखरेल उम्मेदवार छन्। तर, कांग्रेसबाट विद्रोह गरेर पोषण थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।

‘नेतृत्व रक्षा र निर्वाचन क्षेत्रको विकासमा समेत आफ्नो उम्मेदवारीले आघात पुग्ने विषयलाई मध्यनजर गर्दै उम्मेदवारी निष्क्रिय बनाएको हो,’ खड्काले भने। महोत्तरी १ (क) मा गठबन्धनबाटै दुईजनाको उम्मेदवारी परेको छ । यो क्षेत्रमा गठबन्धनका एकीकृत समाजवादीबा सुरेश राउत र लोसपाबाट पिताम्बर महतो चुनावी प्रतिस्पर्धामा छन्।

दुवै उम्मेदवारले आफूहरू गठबन्धनको साझा उम्मेदवार दाब्री गरेका छन्। तर, गठबन्धनले भने आधिकारिक उम्मेदवार को हो भनेर निर्णय गरिसकेको छैन। लोसपा वरिष्ठ नेता शरतसिंह भण्डारीले भनेर नै आफूले उम्मेदवारी दर्ता गराएको महतोको दाबी छ।

निर्णयानुसार महोत्तरी १ ‘क’ मा कांग्रेस र ‘ख’ मा माओवादीले पाउने तय भएको थियो। तर, लोसपाको उम्मेदवार नै साझा उम्मेदवार भएको बताउँदै एकाएक महतोले टिकट पाएको हल्ला चलेपछि एकीकृत समाजवादीका राउतले पनि मनोनयन दर्ता गराएका थिए।

गठबन्धनको साझा उम्मेदवार टुंग्याउन कार्यदल गठन भएको छ। माओवादी केन्द्रका पोलिटव्युरो सदस्य दिपबहादुर योन्जनको संयोजकत्वमा १४ जनाको कार्यदल गठन भएको हो। प्रत्येक दलवाट तीन तीनजना सदस्य रहने गरी कार्यदल गठन भएको संयोजक योन्जनले जानकारी दिए। कार्यदलले निर्वाचनसम्बन्धी कार्ययोजना समेत बनाउनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.