सिभिल बैंकले बढायो नाफा
काठमाडौं। सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिसम्म आइपुग्दा बैंकले ४१ करोड ५० लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
यो गत वर्षको यसैअवधिको भन्दा ४२.२३प्रतिशत ले धेरै हो। गत वर्षको यही अवधिमा बैंकले २९ करोड १८ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। यसअवधिसम्म सञ्चालन नाफा ३८ प्रतिशतले बढेर ५८ करोड ८४ लाख रुपैयाँमा पुगेको छ। गत वर्ष सो नाफा ४२ करोड ६४ लाख रुपैयाँ रहेको थियो।
खुद ब्याज आम्दानी पनि ६२।२१ प्रतिशतले बढेर १ अर्ब १५ करोड २९ लाख रुपैयाँ पुगेको छ। कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेको छ। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको वृद्धिले खुद नाफा सुधार हुन पुगेको हो।
बैंकको वितरणयोग्य नाफा ८६ करोड ३ लाख रुपैयाँ रहेको छ। यसको जगेडा कोषमा २ अर्ब ४९ करोड रुपैयाँ जम्मा भएको छ।
हाल यसको चुक्ता पुँजी ९ अर्ब ७ करोड ५८ लाख रुपैयाँ छ। असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७८ पैसाले बढेर १८ रुपैयाँ २९ पैसा कायम भएको छ ।
गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५१ पैसा रहेको थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ९५ पैसा छ। सिभिल बैंक अहिले हिमालयन बैंकसँग गाभिने प्रकृयामा रहेको छ।







डिसी नेपाल







Facebook Comment