सिद्धार्थनगरका मेयर आचारसंहिता विपरीत उम्मेदवारसँगै घरदैलोमा

डिसी नेपाल
९ कार्तिक २०७९ ७:०२
64
Shares

भैरहवा। सिद्धार्थनगर नगरपालिका मेयर इस्तियाक अहमद खान निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारसँगै घरदैलोमा निस्केका छन्। निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ३ को ५ (क) को खण्ड ४ मा स्थानीय कार्यपलिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा सम्बन्धित राजनितिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन पाइँदैन।

तर, मेयर खान रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका उम्मेदवार बालकृष्ण खाँण र लोसपाका सन्तोस पाण्डेसँगै घरदैलोमा हिँडेका छन्। सिद्धार्थनगरकै वडा नम्बर १२, ५, ६ मा मेयर सहित वडा नम्बर ५ र ६ का वडाध्यक्ष पनि ती दुई उम्मेदवारको पक्षमा भोट माग्दै घरदैलोमा सहभागी भइरहेका छन्।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय कार्यपलिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण भन्दै आचारसंहिताको परिच्छेद ३ मा पहिलो नम्बर मै कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने भनिएको छ।

निर्वाचन आचारसंहिता अनुगमन समिति रुपन्देहीका संयोजक विष्णुप्रसाद ज्ञवालीले आचारसंहिता उल्लघन गर्नेलाई स्पष्टीकरण सोध्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.