प्रभु बैंकको कस्तो छ वित्तीय अवस्था ?
काठमाडौं। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा प्रभु बैंकको नाफा १०.७९ प्रतिशतले बढेर ७० करोड ५० लाख रुपैयाँ पुगेको छ। गत वर्षको यसैअवधिमा यसले ६३ करोड ६३ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो।
यसअवधिसम्म सञ्चालन नाफा १५.४४ प्रतिशतले बढेर १ अर्ब १८ करोड ७७ लाख रुपैयाँ पुगेको छ। गत वर्ष सो नाफा ८८ करोड २५ लाख रुपैयाँ रहेको थियो। खुद ब्याज आम्दानी पनि ३८.७१ प्रतिशतले बढेर १ अर्ब ९७ करोड २९ लाख रुपैयाँ पुगेको छ।
खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको वृद्धिले खुद नाफा बढ्न सहयोग गरेको हो। बैंकको वितरणयोग्य नाफा ३० करोड ९३ लाख रुपैयाँ रहेको छ। यसको जगेडा कोषमा ६ अर्ब १ करोड ८१ लाख रुपैयाँ जम्मा भएको छ।
चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ रहेको प्रभुको असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २४ पैसाले घटेर २२ रुपैयाँ १९ पैसा कायम भएको छ। गत वर्षको पहिलो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ४३ पैसा रहेको थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ २२ पैसा छ। प्रभुले सेन्चुरी बैंकलाई गाभ्ने सम्झौता गरेको छ।







डिसी नेपाल







Facebook Comment