एउटै व्यक्ति एउटै समयमा दुईवटा पार्टीको नेता र उम्मेदवार बन्न मिल्छ?: भीम रावल
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एउटै व्यक्ति एउटै समयमा दुईवटा पार्टीको नेता र उम्मेदवार बन्न नमिल्ने बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापा, परिवार दलका अध्यक्ष एकनाथ ढकाल र जनप्रगतिशिल पार्टीका अध्यक्ष हृदयश त्रिपाठी एमालेको उम्मेदवार बनेकामा नेता रावलले ट्विटरमार्फत प्रश्न उठाएका छन् ।
अलग पार्टीका प्रमुखहरुले आफ्ना उम्मेदवारका पत्रमा सही गर्नुका साथै एमालेको उम्मेदवार बनेका भन्दै एउटै व्यक्ति एउटै समयमा दुईटा पार्टीको नेता र उम्मेदवार बन्न मिल्छ ? भनेर उनले प्रश्न गरेका छन् ।
चुनाव स्वच्छ,मर्यादित र कानूनसम्मत हुनैपर्छ।अलग पार्टीका प्रमुख कमल थापा,हृदयश त्रिपाठी र एकनाथ ढकालले आफ्ना उम्मेदवारका पत्रमा सही गर्नुका साथै एमालेको उम्मेदवार बनेका छन्।के एउटै व्यक्ति एउटै समयमा दुईटा पार्टीको नेता र उम्मेदवार बन्न मिल्छ?कानून र लोकतान्त्रिक मान्यता के हाे?
— Bhim Rawal, PhD (@BhimRawal179) October 28, 2022







डिसी नेपाल








Facebook Comment