मुक्तिनाथ विकास बैंकको खुद नाफासँगै प्रति सेयर आम्दानी प्रभावित

डिसी नेपाल
११ कार्तिक २०७९ १२:५८
80
Shares

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकको खुद नाफासँगै प्रति सेयर आम्दानी प्रभावित भएको छ। एक वर्षको अवधिमा बैंकको खुद नाफा ११.०५ प्रतिशत ले घटेर ३० करोड ७४ लाख १५ हजार रुपैयाँमा सीमित भएको छ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ३४ करोड ५५ लाख ८७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। एक वर्षको अवधिमा बैंकको इम्पेरिमेन्ट चार्ज बढेकाले र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो।

यसअवधिसम्म सञ्चालन नाफा ११.०५ प्रतिशत ले घटेर ४३ करोड ९१ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष सो नाफा ४९ करोड ३६ लाख रुपैयाँ रहेको थियो। गत वर्ष १७ करोड ४८ लाख रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज यो वर्ष बढेर २५ करोड १ लाख रुपैयाँ पुगेको छ। यता, खुद ब्याज आम्दानी भने २२.२४ प्रतिशतले बढेर १ अर्ब २ करोड ३९ लाख रुपैयाँ पुगेको छ।

बैंकको वितरणयोग्य नाफा ८१ करोड ४७ लाख रुपैयाँ रहेको छ। यसको जगेडा कोषमा १ अर्ब ९५ करोड रुपैयाँ जम्मा भएको छ। गत वर्षको चौथो त्रैमासमा बैंकको जगेडा कोषमा १ अर्ब ६२ करोड २१ लाख रुपैयाँ रहेको थियो। यसको चुक्ता पुँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार रुपैयाँ छ।

असोज मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७० पैसाले घटेर २१ रुपैयाँ ७४ पैसा कायम भएको छ। गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ४४ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ५८ पैसा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.